अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली

बिआरटीनेपाल २०८० असार २७ गते ६:५९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाउनुभएको हो ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिनुभयो । ६९ बर्षिया सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो । सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू