अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

बिआरटीनेपाल २०८० असार २७ गते ६:१० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ । मोदीले बुधबार ट्विटरमार्फत सीताप्रति श्रद्धाञ्जली र प्रधानमन्त्री दाहालको परिवारमा समवेदना प्रकट गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएको भन्दै नेपालीका ट्वीट गर्नुभएको छ ।

मोदीले ट्वीटमा भन्नुभएको छ ’श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू