अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छ : सांसद खड्का

बिआरटीनेपाल २०८० असार २५ गते ७:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीतिक परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताउनुभएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताउनु भयो । उहाँले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा युरोप र अमरिकाको चासो बढीरहेको बताउनु भयो । सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरुसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू