अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

संसद सुचारु गराउन प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आह्वान

बिआरटीनेपाल २०८० असार २४ गते ६:५७ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभएको छ ।आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधामन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभयो ।

उहाँले आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरुमाथि असार २५ गतेको बैठकमा छलफल हुने बताउनु भयो । त्यस्तै सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको पनि बताउनु भयो । राष्ट्रिय सभाको अर्को बैठक असार २५ गते सोमवार ११ बजेर १ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू