अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

सातौं एनभिए क्लब लिग भलिबलमा पुलिस र आर्मीको विजयी सुरुवात

बिआरटीनेपाल २०८० असार २३ गते ६:३४ मा प्रकाशित

सातौं संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा महिलातर्फ पुलिस र पुरुषतर्फ आर्मीले विजयी सुरुवात गरेका छन् । शनिबार सुरु भएको प्रतियोगितामा महिलातर्फ पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । पुलिसले गण्डकीलाई २५–१०,२५–१० र २५–११ को सेटमा पराजित गरेको हो । पुरुषतर्फको पहिलो खेलमा आर्मीले शैलुङलाई ३–० को सेटमै पाखा लगायो । शैलुङलाई २८–८,२५–१३ र २५–१७ को सेटले पराजित गर्दै आर्मीले विजयी सुरुआत गरेको हो ।

प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब,न्यु डायमण्ड स्पोर्टस क्लब,नेपाल एपीएफ क्लब,त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम छन् । साथै पुरुषमा हेल्प नेपाल,आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरी ७ टिम सहभागी छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू