अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने

बिआरटीनेपाल २०८० असार २३ गते ६:२८ मा प्रकाशित

अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनलाई पठाउने भएको छ । राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिनुभएको छ ।युक्रेनका नेताहरुले अमेरिकी कदमको स्वागत गरेका छन् । रुसले अमेरिकी कदमको कडा विरोध गरेको छ । ‘क्लस्टर बम’ विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ । बाइडेनले सीएनएनसँग कुरा गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको जानकारी दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्लस्टर बमबाट सर्वसाधारणमाथि हुनसक्ने खतराबारे सरकार जानकार रहेको बताउँदै यो बम पठाउन सकेसम्म ढिलाइ गरेको प्रष्टीकरण दिनुभयो । युद्धको दौरान युक्रेनलाई कुनैपनि समय रक्षाविहीन अवस्थामा राख्न नसकिने जेकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू