अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

न्युयोर्कमा सडक दुर्घटना हुँदा १८ जना घाइते

बिआरटीनेपाल २०८० असार २२ गते ८:०२ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको हात खुट्टा भाँचिएको छ ।

दुर्घटना लगतै दुइतले सार्वजनिक बसमा सवार अन्य यात्रुहरु च्यापिएका कारण उद्धारमा कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनापछि न्युयोर्कको यातायात सेवा केही बेरका लागि अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू