अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : अध्यक्ष लिङ्देन

बिआरटीनेपाल २०८० असार २२ गते ७:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भिर बनाएको जिकीर समेत गर्नुभयो ।शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू-राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाउनुभयो ।

नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उहाँले भनाई थियो । अध्यक्ष लिङ्देनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरितका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाउनुभयो । अध्यक्ष लिङ्देनले नेपाली सेनाको संख्या कटौति गर्न नहुने पार्टीको अडान पनि राख्नुभयो । मुलुकको राष्ट्रिय एकता कमजोर भईरहेका बेला नेपाली सेनाको संख्या कटौति गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू