अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

शरद गौचन हत्यामा संलग्न समिरमान बस्नेतसहित दुई जनालाई जन्मकैद

बिआरटीनेपाल २०८० असार २० गते ६:१९ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित २ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतले उनीसहितका अभियुक्तलाई दोषी ठहर हुने सजाय सुनाएको हो ।हत्यामा मुख्य योजनाकारका रुपमा रहेका बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको सजाय भएको छ । सोही हत्यामा संलग्न गोली प्रहार गर्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई भने १५ वर्षको कैद सजाय तोकेको छ ।

सोही घटनामा संलग्न समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने सजाय हुने भएको छ । जिल्ला अदालतले १८ जना दोषी ठहर गर्दै ६ जनालाई यसअघि नै सफाइ दिएको थियो । २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौंको मिनभवनस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू