अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

युक्रेनका दुईवटा शहरमा ठूलो संख्यामा रुसी सैनिक परिचलान गरेकाे युक्रेनको दाबी

बिआरटीनेपाल २०८० असार १९ गते ६:४८ मा प्रकाशित

रुसले पछिल्ला दिनमा युक्रेनमा ठूलो संख्यामा नयाँ सैनिक समूहहरु परिचलान गरेको दाबी युक्रेनले गरेको छ । पूर्वी युक्रेनका दुईवटा युद्ध क्षेत्र लिम्यान र कुप्यांक्समा एक लाख ८० हजार रुसी सैनिक परिचालन भएको दाबी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुभएको हो ।

सीएनएनलाई दिएको अन्तर्वार्तामा उहाँले युक्रेनी सेनाले पछिल्ला केही सातामा ३७ वर्ग किलोमिटर भूमि पुनः नियन्त्रणमा लिएकोमा रुसको नयाँ चालपछि युक्रेनी सेना अप्ठेरोमा परेको बताउनुभयो । युक्रेनी सेनाका प्रवक्ताले पनि रुसी सेना लिम्यान र कुप्यांक्समा एकत्रित भएको बताएका छन् ।

अन्तर्वार्ताका क्रममा राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई नाटोमा अहिले नै सहभागी गराउन पनि जोड दिनुभयो । नाटोमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै निर्णायक रहेको भन्दै जेलेन्स्कीले युक्रेनलाई नाटोमा सहभागी गराउँदा युक्रेनी सैनिकको मनोबल बढ्ने र त्यसबाट युक्रेन आफ्नो सार्वभौमिकता जोगाउन सफल हुने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू