अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

जनमतलाई सरकारमा सहभागी गराउने गठबन्धनको निर्णय

बिआरटीनेपाल २०८० असार १८ गते ७:३८ मा प्रकाशित

सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू