अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

बेइमानीका लागि रास्वपाको ढोका खुला छैन : रवि लामिछाने

बिआरटीनेपाल २०८० असार १७ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताउनुभएको छ ।आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सभापति लामिछानेले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताउनुभयो । उहाँले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताउनुभयो ।

सभापति लामिछानेले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताउनुभयो । सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू