अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

कोरोना महामारी अघिकै अवस्थामा फर्कियो नेपालमा पर्यटक आगमन

बिआरटीनेपाल २०८० असार १७ गते ६:३६ मा प्रकाशित

सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने बढ्दै गएको छ । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९ सय १ विदेशी पर्यटक नेपाल आएका थिए ।यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ४४, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मेमा ७७ हजार ७ सय ३ विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार २ सय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू