अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

सुनमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री

बिआरटीनेपाल २०८० असार १६ गते ९:१३ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको बताउनुभएको छ । हिरामोतीमा लक्जरी कर लगाइएको उहाँको भनाइ छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो “सुनमा लक्जरी ट्याक्स लगाएको छैन । हिरामोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।”

अर्थमन्त्रीले भन्नुभयो, “ट्राभल्र्समा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो । नेपाल ओरिजिन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ, व्यवसायीहरूले ट्याक्स तिर्नुपर्ने होइन ।” नेपालको उत्पादन बढाउन आलुप्याजमा भ्याट लगाइएको उहाँले दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू