अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

संसदमा उपसभामुखको फोटो नराखेको प्रति उपसभामुख रानाको असन्तुष्टि

बिआरटीनेपाल २०८० असार १६ गते ७:०६ मा प्रकाशित

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ ।६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उपसभामुख रानाले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताउनुभयो ।

उहाँले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनुभयो । उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू