अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

शेयर बजार ३५ अङ्कले घट्याे, झन्डै ६ अर्ब रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० असार १३ गते ७:०४ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ । हिजो मङ्गलवार झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज इन्ग्वा हाइड्राेपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किक लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू