अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

एकदिवसीय वरीयतामा नेपाल यथावत्, आसिफ र साेमपाल १ स्थान माथि उक्लिए

बिआरटीनेपाल २०८० असार १३ गते ६:१७ मा प्रकाशित

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेकाे नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेकाे छ । नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेकाे हाे ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इङ्ग्ल्यान्ड पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् । नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर साेमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । आसिफ ७२ औँ स्थानमा उक्लिँदा साेमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू