अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

एमाले र रास्वपाद्वारा संसद बैठक अवराेध

बिआरटीनेपाल २०८० असार १२ गते ६:३५ मा प्रकाशित

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेका छन् । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत राख्ने गरी बजेटमा गरेको व्यवस्था सच्याउन माग गर्दै बुधबार प्रतिनिधिसभाको बैठक अवरोध गरेका हुन्।बैठक शुरु हुनासाथ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटमा यो गल्ती भएकाले सच्याउन माग गर्नुभयाे । उहाँले यो विषयमा अर्थमन्त्रीले केही नबाेलेपछि जवाफ माग गरिएकाे बताउनुभयाे ।

त्यसपछि, एमालेका सूर्य थापाले यो विषयमा नसच्चयाउँदा सम्मका लागि सदन चल्न नसक्ने बताउनुभयाे । उहाँले यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयाे  । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले लोकतन्त्रमा आक्रमण हुने विषयमा अर्थमन्त्रीले यो विषयमा छुट्टै जवाफ दिनुपर्ने माग गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू