अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल

बिआरटीनेपाल २०८० असार १२ गते ५:५७ मा प्रकाशित

६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र रुपमा अघि बढाइएको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम भइरहेको हो । भारतीय आयल निगमसँगको सम्झौता अनुसार अगामी डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र उदघाटन गर्ने गरी काम भइरहेको निगमले जनाएको छ ।

नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका अनुसार भवन निर्माणको काम ५० देखि ६० प्रतिशत सम्पन्न भएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्कीको हकमा भने १० देखि १५ प्रतिशत मात्रै सम्पन्न भएको छ । पाइपलाइनबाट प्रतिघण्टा औसतमा २ लाख ५० हजार लिटर डिजेल आउँदा भण्डारण गर्ने पर्याप्त ट्याङ्की नहुँदा समस्या भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू