अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

एकदिवसीय विश्वकपकाे तालिका सार्वजनिक, भारत–पाकिस्तानबीचकाे खेल अक्टाेबर १५ मा

बिआरटीनेपाल २०८० असार १२ गते ५:४७ मा प्रकाशित

आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मङ्गलवार विश्वकप २०२३ को तालिका सार्वजनिक गरेको हाे । विश्वकप अक्टाेबर ५ मा सुरु हुनेछ र फाइनल खेल नाेभेम्बर १९ मा अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा हुनेछ । ४६ दिनसम्म चल्ने प्रतियाेगिताका खेलहरू १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलाेर, मुम्बई र काेलकातामा खेलहरू हुनेछन् ।

विश्वकपमा १० टाेली सहभागी हुनेछन् । जसमा आठ वटा टाेलीकाे घाेषणा पहिले नै भइसकेकाे छ । बाँकी दुई वटा टाेलीका लागि अहिले छनाेट खेल चलिरहेकाे छ ।राउन्ड राेबिन फर्म्याटकाे आधारमा हुने प्रतियाेगितामा सबै टाेलीले एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टाेली नकआउट स्टेज र सेमिफाइनलका लागि छनाेट हुनेछन् । अक्टाेबर ५ मा इङ्ग्ल्यान्ड र न्युजिल्यान्डले खेल्दै प्रतियाेगिताकाे उद्घाटन हुनेछ । प्रतियाेगितामा विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तानबीचकाे खेल अक्टाेबर १५ मा अहमदाबादकाे नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू