अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 09:56

जसपा विधान अधिवेशन सुरु, ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव

बिआरटीनेपाल २०८० असार १० गते ६:१६ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ ।प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो ।

प्रस्तावित विधानको धारा ५४ मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रबन्ध छ । पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू रहने प्रस्ताव गरिएको छ । यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने कार्यक्षेत्र पनि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू