अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

काभा पुरुष भलिबलमा नेपालकाे लगातार छैटाैँ हार

बिआरटीनेपाल २०८० असार १० गते ६:०१ मा प्रकाशित

किर्गिस्तानमा भइरहेकाे सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केककाे स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज आइतवार भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएकाे हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२३ ले हरायाे ।

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । यस्तै तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू