अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

अमेरिकामा प्रयोगशालामा बनेको कुखुराको मासु बिक्रीका लागि स्वीकृति

बिआरटीनेपाल २०८० असार ८ गते ६:३६ मा प्रकाशित

अमेरिकाले प्रयोगशालामा बनाएको कुखुराको मासुलाई बिक्रीको अनुमति दिएको छ । नियामक निकाय कृषि विभागले अपसाइड फुड्स र गुड मिट कम्पनीलाई प्रयोगशालामा तयार भएको मासु बिक्रीको अनुमति दिएको समाचारसंस्था एपीले जनाएको छ ।

खाद्य तथा औषधि प्रशासनले गएको नोभेम्बरमै प्रयोगको अनुमति दिएको थियो । कृषि विभागको अनुमतिपछि व्यावसायिक उत्पादन गर्न पाइन्छ । प्रयोगशालामा बनेर खाने बेलासम्म आइपुग्दा यस्तो मासुलाई ‘कल्चर्ड’ मासु भनिएको छ ।

यस्तो मासुको उत्पादनले खाद्य उत्पादनको वातावरणीय प्रभाव घटाउन मद्दत गर्ने उत्पादक कम्पनीहरुको दाबी छ । गुड मिट सञ्चालक इट जस्टका प्रमुख कार्यकारी जोश टेट्रिकले जनावर मार्नुभन्दा फरक तरिकाले मासु उत्पादन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू