अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ : सांसद महासेठ

बिआरटीनेपाल २०८० असार ८ गते ५:५६ मा प्रकाशित

नेकपा(एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको छ ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको हो । उहाँले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताउनुभयो । उहाँले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू