अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट- नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

बिआरटीनेपाल २०८० असार ७ गते ९:०२ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ । जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान राेहित पाैडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले ३ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू