अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ- बाबुरामको भट्टराई

बिआरटीनेपाल २०८० असार ७ गते ६:२२ मा प्रकाशित

नेपाल समाजवादी पार्टी का अध्यक्ष डा।बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभएको छ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा।भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताउनुभयो ।

‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ । को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ’, डा। भट्टराईको दावी छ । उहाँले रास्वपा नेपाली राजनीतिमा आएकोमा शुभकामना दिँदै भन्नुभएको छ , ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले नयाँ चाहेका हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू