अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

पुरुष भलिबल : तेस्रो खेलमा नेपाल इरानसँग पराजित

बिआरटीनेपाल २०८० असार ५ गते ७:४६ मा प्रकाशित

किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले नेपाललाई २५–१६, २५–२२ र २५–२२ को सेटमा हरायो । नेपाल यसअघि मङ्गोलिया र किर्गिस्तानसँग पराजित भएको थियो । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले चौथो खेलमा भोलि तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू