अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

भारतको मणिपुरमा पाँच सयभन्दा धेरै गिर्जाघरमा आगजनी

बिआरटीनेपाल २०८० असार ५ गते ६:०० मा प्रकाशित

भारतको मणिपुर राज्यमा फैलिएको जातीय हिंसाका कारण त्यहाँकाे जीवनयापन अत्यन्तै जटिल बनेको छ ।डेढ महिनाभन्दा बढी समयदेखि बढिरहेको हिंसाका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिंसाका कारण तीन सय ९० जना घाइते भएका र ५० हजार जनाभन्दा धेरै मानिस आश्रयस्थलमा पुगेका छन् । तर योभन्दा ठूलो सङ्ख्यामा मानिसहरू आफ्नै घर र समुदायमा कष्टकर जीवन जिउन बाध्य भएका बीबीसी हिन्दीले जनाएको छ ।

अहिले फरक जातका मानिससँग बोलचालसमेत बन्द भएको र यसले समुदायमा विभाजन ल्याइरहेको बीबीसी हिन्दीको अवलोकन प्रतिवेदनमा उल्लेख छ । जातीय हिंसा अहिले धार्मिक द्वन्द्वमा परिणत भइरहेको छ । पाँच सय आठ वटाभन्दा धेरै गिर्जाघरमा आगजनी भएको छ । धार्मिक अगुवा लक्षित आक्रमण बढेकाे स्थानीयले बताएका बीबीसी हिन्दीले जनाएको छ ।

मणिपुरको राजधानी इम्फालमा रहेको उच्च अदालतले सरकारलाई राज्यको सबैभन्दा ठूलो समुदाय मैतेईलाई पनि जनजातिको हैसियत दिन आदेश दिएपछि मैतेई र कुकी समुदायबीच झडप सुरु भएको हो । अदालतको आदेश कार्यान्वयन हुँदा मैतेई समुदायले सरकारी जागिर र उच्च शिक्षामा आरक्षण पाउँछन् । तोकिएका जनजातीय क्षेत्रहरूमा उनीहरूले थप भूमिमा पहुँच पनि पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू