अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

असार १६ गतेदेखि गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने व्यवसायीको चेतावनी

बिआरटीनेपाल २०८० असार ३ गते ६:५१ मा प्रकाशित

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ ।महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योग असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।

महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि विद्यमान क्रसरका समस्या समाधान नभएको गुनासो गर्नुभयो । उहाँले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानून बमोजिम सञ्चालनमा आएका उद्योगहरु समेत बन्द गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

महासंघले कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु क्रसिङ प्रशोधन गर्नेगरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य रहेको बताएको छ । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने जनाएको छ । उत्खनन कार्य स्थानीय सरकारमार्फत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू