अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कंगोको एक विद्यालयमा आक्रमण हुँदा २५ जनाको मृत्यु, ८ जना घाइते

बिआरटीनेपाल २०८० असार २ गते ७:२९ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमानामा रहेको एउटा विद्यालयमा हतियारधारीको आक्रमणबाट कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।सोही क्रममा कयौं मानिस अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पूर्वी कंगोमा रहेको युगाण्डाका विद्रोह समूहहरुले विद्यायलको छात्रवासमा पसेर सो आक्रमण गरेको छन् । आक्रमणसँगै विद्यालय र छात्रवासमा आगो लगाएको समाचारमा उल्लेख गरिएको छ ।

निजी स्वामित्वको सो विद्यायलबाट २५ जनको शव फेला पारेको प्रहरीको भनाइ छ । घाइतेमध्ये कतिजना विद्यार्थी थिए भन्ने खुलाइएको छैन । सेनाले विद्रोहीलाई केही दिनदेखिनै पिछा गरीरहेकाले कारवाही अघि नै विद्यार्थीमथि आक्रमण र अपहरण भएको त्यहाँका अधिकारीहरुले दावी गरेका छन् ।

हालैका वर्षहरुमा विशेषगरी पूर्वी कंगोका दुर्गम क्षेत्रमा रहेका शिक्षण संस्थामा आक्रमण हुनुका साथै अपहरणका घट्ना बढ्न थालेका छन् । गत अप्रिलमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो । त्यसअघि एउटा गाउँ नियन्त्रणमा लिएर विद्रोहीले आक्रमण गर्दा ३६ जना मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू