अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता

बिआरटीनेपाल २०८० असार २ गते ७:१८ मा प्रकाशित

लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।उनीहरुले सञ्चारमाध्यमहरुमा पनि असम्पादितत सामग्रीहरु बढी प्रशारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमहरुको नियमनकारी निकाय नहुँदा यस्ता घटना बढीरहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक रामप्रसाद रेग्मीले देशमा पठन संस्कृति हराउँदै गएको बताउनु भयो । उहाँले पुस्तकमा भन्दा अहिलेको समाजटिकटक र अन्य सामाजिक मिडियामा बढी रमाउने गरेको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा प्रकाशन एवं प्रशारण भएका लेखहरुको पनि शिर्षक मात्रै पढ्ने संस्कृति बढी विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले एकले अर्काको राम्रो भन्ने प्रवृत्तिबाट मुक्त भइ राम्रो भएकाहरुको साथ र टेवा दिने र नराम्रो भएकाहरुलाई सच्याउन आग्रह गर्नेकुरामा जोड दिने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू