अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

इरान र क्युबा अमेरिकी निती बिरुद्ध एकजुट

बिआरटीनेपाल २०८० असार १ गते ६:२३ मा प्रकाशित

इरान र क्युबा अमेरिकी साम्राज्यवादी नीति विरुद्ध एकजुट हुन सहमत भएका छन् ।इरानका राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच अमेरिकाबिरुद्ध एकजुट भई सामना गर्ने सहमती भएको हो । अमेरिकाले पछिल्लो समय इरान र क्यानडामा बिभिन्न प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बीचमा सो सहमति भएको हो ।

क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति गरेको जनाएका छन् ।अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाउनुका साथै दुवै देशलाई आतंकवादलाई बढवा दिएको आरोप पनि लगाउँदै आएको छ । सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू