अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

भलिबल टोली किर्गिस्तान प्रस्थान

बिआरटीनेपाल २०८० असार १ गते ५:३७ मा प्रकाशित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान गरेका छन् ।नेपाली टोली आज बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू