अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

वर्षाका कारण नेपाल र भारतबीचको महिला क्रिक्रेट रद्द, दुवै टोलीले एक–एक अंक बाँडे

बिआरटीनेपाल २०८० जेठ ३२ गते ६:०९ मा प्रकाशित

एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा बिहीबार बिहान सवा ११ बजे हुने भनिएको प्रतिस्पर्धा पानी परेका कारण टससमेत हुन नसकेपछि रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । खेल रद्द भएपनि नेपालको शीर्ष २ मा रहँदै सेमिफाइनल खेल्ने सम्भावना जीवितै छ । नेपालले प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै नेट रन रेटमा अघि हुनुपर्नेछ ।

नेपाली टोली पहिलो खेलमा पाकिस्तानसँग ९ रनले हारेको थियो । भारतले भने पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक हङकङसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू