अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

बेलायतमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ३२ गते ६:०० मा प्रकाशित

बेलायतमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ । बेलायतको नटिङघम विश्वविद्यालयको विद्यार्थीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्दा भारतीय छात्रा हक्की खेलाडीसहित ३ जनाको मृत्यु भएको हो । अध्ययन सकेर घर फर्कने क्रममा रहेका विद्यार्थीमाझ ती व्यक्तिले चक्कु प्रहार गर्दा विद्यार्थीबीच भागदौड मच्चिएको थियो ।

घटना लगत्तै चक्कु प्रहार गर्ने ३१ वर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति यसअघि पनि चक्कु प्रहार काण्डमा पक्राउ परि छुटेको प्रहरीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू