अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

नाइजेरियामा डुंगा पल्टिदा कम्तिमा १ सय जनाको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ३१ गते ५:५० मा प्रकाशित

उत्तरी नाइजेरियामा यात्रुबाहक डुंगा पल्टिदा कम्तिमा १ सय जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रस्थित क्वारा राज्यस्थित नाइजर नदीमा विवाह समारोहमा सहभागी भई फर्किएकाहरु बोकेको डुंगा पल्टिएको हो ।

घटनामा कैयौं वेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । घटना सोमबार अबेर भएको र निकै ढिला मंगलबार मात्रै थाहा भएको नाइजेरियाका अधिकारीहरुको भनाइ छ । डुंगा दुर्घटनाको खबर पाएलगत्तै मृतकहरुको शव खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिलेसम्म दुई वटा गाउँका एक सय ४ जना डुंगामा सवार रहेको थाहा भएको र अन्यको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू