अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१
| Colorodo: 21:36
राष्ट्रपति रामचन्द्र पाैडेल अस्पताल भर्ना हुनुभएकाे छ । राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई डाक्टरकाे निगरानीमा राखेर उपचार भइरहेकाे छ । उहाँलाई आज मङ्गलवार बिहान अस्पताल लगिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
यसअघि फोक्सोमा समस्या देखिएपछि गएकाे वैशाख ६ गते राष्ट्रपति पाैडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा लगिएकाे थियाे ।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।