अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानद्वारा नेपाल पराजित

बिआरटीनेपाल २०८० जेठ ३० गते ६:०४ मा प्रकाशित

हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानद्वारा नेपाल पराजित भएको छ ।नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको हो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् भने नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो । पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तान समेत रहेका छन् । नेपालले अर्को खेल बिहिबार भारतसँग र अर्को खेल शनिबार हङकङसँग खेल्ने छ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका रहेका छन् । प्रतियोगिता अन्तर्गत १९ जुनमा सेमिफाइनल र २१ जुनमा फाइनल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू