अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

सत्ता गठबन्धनका दलहरु एकतावद्ध हुनुको विकल्प छैनः माधव नेपाल

बिआरटीनेपाल २०८० जेठ २९ गते ६:०५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपनलले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचमा केही मतान्तर हुनु स्वभाविक रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए। उनले सत्ताबाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्नुभयो। नेपाललेकमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू