अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

भारतले नयाँ संसदमा राखेको नक्शाबारे कुटनीतिक नोट पठाउन पेशागत महासंघको आग्रह

बिआरटीनेपाल २०८० जेठ २८ गते ८:१३ मा प्रकाशित

 पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ ।भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न सरकारसँग माग गरेको छ ।

आईतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताउनु भयो । उहाँले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलिय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पती कमाउने व्यक्तिहरुको सम्पती छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताउनु भयो ।

महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू