अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

यू–२० महिला एसियन कप छनोट : नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन

बिआरटीनेपाल २०८० जेठ २७ गते ६:३१ मा प्रकाशित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो । यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।

नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू