अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

अराजक गतिविधिलाई सरकारले छुट दिदैंन : गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:५९ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनु भएको छ ।शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास भईरहेको बताएपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने स्पष्टिकरण दिनु भएको हो । उहाँले शान्तिपूर्ण बाटोबाट विरोध प्रर्दशन गर्न पाईने हुनाले सरकारले कुनै पनि खालको अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेशसभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । उहाँले संविधान र कानुनलाई मिच्ने काम सरकारले गर्न नदिने पटकपटक दोहोर्‍याउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले संघीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार बचनवद्ध रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू