अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

अमेरिकामा एल निनोको कारण गर्मी र प्रतिकूल मौसमको चेतावनी

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:३३ मा प्रकाशित

अमेरिकामा एल निनोको कारण गर्मी र प्रतिकूल मौसमको चेतावनी दिइएको छ । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल निनाे जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका बीबीसीले जनाएको छ ।एल निनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८/१९ मा औसतभन्दा बढी तातो भएको कारण मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थियो । यो अवस्था औसतमा हरेक २ देखि ७ वर्षमा देखिने गर्छ ।एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सका अनुसार यसको शक्तिको आधारमा, एल निनोले विश्वका केही ठाउँहरुमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनले एल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ । पहिले नै औसतभन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी एल निनोको समयमा एल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।’ यसैहप्ता अस्ट्रेलियाले एल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू