अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नम राष्ट्रपतिमा उम्मेदवारी दिने

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:१७ मा प्रकाशित

सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् ।आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले गरेका हुन् ।

चिनियाँ मूलको बाहुल्य रहेको सिंगापुरमा भारतीय मूलका प्रधानमन्त्री बनिसकेको भए पनि राष्ट्रपतिमा भने भारतीय मूलका व्यक्तिले उम्मेदवारी दिन लागेको पहिलो पटक हो । २२ वर्षदेखि राजनीतिमा सक्रिय शनमुगरत्नमले सबै पदबाट राजीनामा गर्दै राष्ट्रपतिमा लड्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू