अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

काठमाण्डौं महानगरपालिकाका मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखियो

बिआरटीनेपाल २०८० जेठ २५ गते ६:०० मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेख्नुभएको छ । बालेन निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उहाँको सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन्।नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो।काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नुभएको हो । उहाँको सचिवालयका सदस्यका अनुसार बालेन भारत भ्रमणबाट फर्केपछि उक्त नक्सा सार्वजनिक गर्ने योजनामा हुनुहुन्थ्यो

भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध भए पनि भारतको चारदिने भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नेतृत्वसँग औपचारिक कुराकानीका क्रममा यसबारे कुनै छलफल गर्नुभएन । परराष्ट्रमन्त्री एनपी साउदले त भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे आफूलाई जानकारी नै नभएको बताउनुभएको थियो । भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू