अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

बिआरटीनेपाल २०८० जेठ २५ गते ५:५३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहीवार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताउनुभयो । उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने बताउनुभयाे ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आउँदाे भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो । उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठिक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारलाई नागरिकमा अनुभुति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको पनि बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू