अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

प्रचण्डपथ देशद्रोही र अपराधी पथ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० जेठ २५ गते ५:२९ मा प्रकाशित

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ ।बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा ९एकीकृत समाजवादी० पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गर्नुभयो । उहाँले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताउनुभयो । उहाँले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरे पनि सफल नबनेको बताउनुभयो । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू