अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

सेयरमा सीमित व्यक्तिले मात्रै फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा अर्थमन्त्रीको जोड

बिआरटीनेपाल २०८० जेठ २५ गते ५:२७ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित स्वार्थ समूहले फाइदा लिने गरेको जिकिर गर्नुभयो । थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने अर्थमन्त्री डा. महतले बताउनु भएको हो । बजेटमा सम्पूर्ण लगानीकर्तालाई सुरक्षा गर्ने खालको भएको भन्दै उहाँले बजेटले आम उद्योगी व्यवसायीलाई प्रमोट गर्ने खालको ल्याएको पनि तर्क गर्नुभयो ।

अर्थमन्त्री डा. महतले ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको भूमिका महत्वपूर्ण भएको भन्दै मन्त्री महतले बोर्डले उच्च महत्व दिएर जिम्मेवारी पूरा गर्ने विस्वास व्यक्त गर्नुभयो । उहाँले कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको हरेक क्रियाकलापलाई पेपरलेस बनाउने कुरा भइरहेको बताउनुभयो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २ महिना भित्रमा ब्रोकर संख्या ९३ पुर्‍याउने बताउनुभयो । अध्यक्ष हमालले आगामी आर्थिक वर्षभित्रमा वस्तु विनिमय बजार सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक बर्षभित्र एसएमई प्लेटफर्म र वस्तु विनिमय बजार सञ्चालन गर्ने, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्डको इकोसिस्टम तयार गर्ने र धितोपत्र बोर्डको सेवा सुविधा अनलाइन प्रणालीबाट प्रवाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया