अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

लस एन्जलस सहरको हलिउडमा नेपाल मार्च महोत्सव हुँदै

बिआरटीनेपाल २०८० जेठ २४ गते २१:४४ मा प्रकाशित

क्यालिफोर्निया । हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिभल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रबन्धन गर्ने उद्धेश्यले यस फेस्टिभलको आयोजन हुन गइरहेको छ ।

यस नेपाल मार्च फेष्टिवल सफल बनाउन हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष इन्दिरा त्रिपाठी, हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाण्डे, समाजका क्रियाशील सुवास शम्सेर भण्डारी, अशोकराज भण्डारी, अर्जुन पौडेल, मुना प्याकुरेल, भुवन पौडेल, जोसेप घले, सुनिता खत्री, धुब्र कुंवर, पारू के.सी, बिन्दु सापकोटा, विष्णु के.सी, नवाँ तिवारी, गणेश भट्टराई, हेम बहादुर थकुल्ला, बबिन थापा, कृष्ण देवकोटाका सहितको आयोजक समितिले महोत्सवलाई भव्य रूपमा सफल पार्न सशक्त भूमिका खेलिरहेका छन् ।

हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय उपाध्यक्ष टेक वाइबा लामाले दिनुभएको जानकारी अनुसार लस एन्जलस स्थित हलिउडमा हुने यस बृहत् महोत्सवमा सहभागिताको लागि नेपाल सरकार/अन्तर्राष्ट्रिय नेपाली डायस्पोराका नेपालीहरूको साँझा संस्था एनआरएन लगायत क्यालिफोर्नियाको विभिन्न सङ्घ संस्थाहरूको प्रमुख एवं प्रतिनिधि र पत्रकारहरू लगायत सामाजिक अभियान्तहरुको समेत सहभागिता हुने रहेको छ ।

नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल मार्च फेष्टिवल सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने र उक्त कार्यक्रम कुनै राजनीतिक तथा धार्मिक रूपमा नभई विशुद्ध पर्यटन विकास तथा सामाजिक हितको लागि आयोजना गरिएको उपाध्यक्ष वाईबाले बताउनुभयो ।

विश्वभर छरिएर रहेका राष्टप्रेमी नेपाली राष्टियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बुद्ध जन्मेको देश नेपाललाई विश्वमाझ चिनाउन विभिन्न लिङ्ग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथि उठेर कर्मजिवी नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानवीय सहयोग गर्ने संस्थाको मूल उद्देश्यका साथ संस्थागत रूपमा अगाडी बढिरहेको छ।

लसएन्जल्समा क्यालिफोर्नियाको विभिन्न संघसस्थाको आयोजनामा हुन गइरहेको नेपाली कला र संस्कृति पहिचान झल्किने गरी झाकी सहितको विविध कार्यक्रम आयोजना हुन लागेको नेपाल फेस्टीबलमा अमेरिकावासी, सम्पूर्ण नेपाल र नेपाली भाषी अमेरिकन नेपाली र नेपाललाई माया गर्ने देशको राष्ट्रियतालाई चिनाउन र नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक नेपाल भित्राउनु पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनु भयो ।

साथै उपाध्यक्ष वाईबाले क्यालिफोर्नियाको आसपासमा नेपाली समुदायलाई सहित डे-परेड शान्ति पथ यात्रा, यस कार्यक्रम सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता भइदिनुहुन समेत हार्दिक आह्वान गर्नुभएको छ ।

कार्यक्रम तालिका:
मिति: २५ जुन २०२३
समय : दिनको १२ बजेदेखि ४ बजेसम्म
स्थान: हलिउड वाक अफ फेम लस एन्जलस, क्यालिफोर्निया

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू