अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

स्वार्थ बोकेका केही व्यक्तिले हामीलाई किनारा लगाउन खोज्दैछन् : रेशम चौधरी

बिआरटीनेपाल २०८० जेठ २४ गते ८:१५ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताउनुभएको छ ।पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास गरेको बताउनुभयो ।

आठ वर्षसम्म जेलभित्र बस्नु पर्दाको चोट र पीडा कहिल्यै नभुल्ने भन्दै उहाँले जेलपछिको बाँकी जीवन थारुहरूको पहिचान दिलाउने संघर्षमा खर्चिने बताउनुभयो। राज्यले आफ्ना भावना कहिल्यै नबुझे पनि थारुहरू धर्ती पुत्र भएकाले नेपाली धर्तीका लागि रगत बगाउन पनि पछि नपर्ने चौधरीको भनाइ थियो। टीकापुर घटना अझ पनि सामसुम नभएको भन्दै घटनाका दोषीलाई राज्यले पहिचान गरी कारबाही गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू